बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने

Avatar photo
Dhadingpost
साउन २२, २०७५

काठमाडौं, साउन २२ । बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । हालसम्म सगालेको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो ।

सगालेको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ ।

समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पु¥याउनको लागी यस्तो व्यवस्था मिलाउन लागिएको हो ।

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य हुन सक्ने विश्वास लिइएको छ ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो ।