एजेन्सी, साउन २२ । आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले विवाह गरेको छ ।
उनले ९÷११ आक्रमणको विमान अपहरणकर्ता मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेका हुन् । ओसामाको परिवारले उनीहरूको विवाह भएको पुष्टि गरेका छन् ।
ओसामा बिन लादेनका सौतेला भाइहरूले बेलायती पत्रिका द गार्जियनलाई दिएको अन्तर्वार्तामा यस विवाहबारे खुलाएका छन् । सौतेला भाइहरू अहमद र हसन–अल–अत्तासले भनेका छन, ‘हमजाले अल–कायदामा निकै उच्च पद पाएको छ, सायद ऊ अब आफ्ना पिताको मृत्युको बदला लिने सोचमा छ ।’
इजिप्टका नागरिक अट्टाले ११ सेप्टेम्बर २००१ मा अमेरिकी एयरलाइन्सको फ्लाइट ११ हाइज्याक गरी न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरको नर्थ टावरमा ठोकाएका थिए । उक्त आत्मघाती दुर्घटनामा विमानमा रहेका ९२ जना यात्रुसहित १६ सयजनाको मृत्यु भएको थियो ।
