सर्पको टोकाईबाट एकको मृत्यु

Avatar photo
Dhadingpost
साउन २२, २०७५

ओखलढुंगा, साउन २२ । सुनकोशी गाउँपालिका ९ कटुन्जेका ५७ वर्षीय राम कुमार गुरुङको सर्पको टोकाईबाट ज्यान गएको छ ।

गत शुक्रबार सर्पले टोकेका गुरुङलाई काठमाडौ स्थित टेकु अस्पतालमा उपचारका लागी भर्ना गरीएको चार दिन पछि सोमबार मृत्यु भएको सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष झनक कार्कीले बताए ।

शुक्रबार दिउसो राँगो धपाउन जाने क्रममा लडेर सर्पलाई कुल्चिन पुगेका गुरुङलाई खुट्टाका तिन स्थानमा सर्पले टोकेको थियो । त्यसपछि गुरुङलाई धामिकाहाँ लगियो । धामीले गाग्रोको पानी मार्फत उपचार गराएपछि गुरुङको सर्पले टोकेको खुट्टा समेत सुन्निन कम हुदै गएको र ठिक भई दुई दिन काम समेत गरेको स्थानिय लोकनाथ अधिकारीले बताए ।