
धादिङ साउन २२ । धादिङ जिल्लामा पहिलो पटक माध्यमिक विद्यालय तह (कक्षा ११ र १२ ) मा कानून विषयको पढाइ सुरु भएको छ ।
देशमा कानून विषयका जनशक्तिको अभाव बढ्दै गएपछि यसलाई पूर्ति गर्ने उद्देश्यका साथ एड्भान्स एकेडेमी धादिङले कक्षा ११ र १२ मा कानून विषयको अध्ययनको शुरुवात गरेको विद्यालयका एसोसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए ।
अहिले अदालत, कानून मन्त्रालयमा मात्रै नभई, संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारमा समेत कानूनका जनशक्ति पर्याप्त मात्रामा आवश्यकता पर्ने भएपछि विद्यार्थीको आकर्षण यसतर्फ बढेकोले कानुन विषयलाई प्रथामिकता दिएको बताए ।
यो शैक्षिक सत्र देखि सुरु गरेको एड्भान्समा अहिले कानुन पढ्न जिल्लाका विभिन्न गाउँपालिकाबाट २४ जना विद्यार्थीहरु भर्ना भएका छन् ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कानूनको पाठ्यक्रम अनुसार कक्षा ११ र १२ गरी दुई वर्षमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम मध्ये कानून संकायमा ७०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नु पर्नेछ । कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३०० पूर्णाङ्क र कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक ४०० पूर्णाङ्क कानूनको विषय अध्ययन गर्नुपर्ने हुन्छ ।
कक्षा ११ र १२ मा कानून अध्ययन गरेका विद्यार्थीले सिधै स्नातक तहमा कानून संकायमा अध्ययन गर्न पाउनेछन् भने अन्य संकायमा पनि सिधै अध्ययन गर्न पाउँछन् । कानून अध्ययन गरेको विद्यार्थीले स्वदेशमा मात्रै नभई विदेशमा समेत पर्याप्त मात्रामा अवसर रहेकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको छ ।
कानुनी विषय प्रति रुचि बढ्दो
दिनेश दुवाडि
शिक्षक कानुनी विषय
म कानुन शिक्षा पढाउछु । यो धादिङ र विद्यार्थीको लागि नयाँ विषय हो । यो विषयमा विद्यार्थिहरुले एकदमै उत्साहाका साथ पढेको देखिन्छ । कानुनी विषयको विशेष महत्व छ ।
राज्यको पुनर संरचनाले झनै यसको महत्व बढाएको छ । सरकारी क्षेत्रमा पनि सरकारले दक्षनशक्ति कमि भएको अनुभव गरेको छ यसलाई माध्यामिक तहबाट सुरु गर्दा राम्रो हुन्छ र सिर्जनशिल जनशति उत्पादन गर्न सकिन्छ यो विषय पढ्दा सरकारी जागिर, वाकिल, दक्ष कानुन ब्यवसायी बन्न सकिन्छ ।
यो एकदमैै महत्वपुर्ण कुरा हो र हामीले भोगिहेको विषय पनि हो सरकाले पाठ्यक्रममा त समाबेस गरायो तर किताब नभएको कु्रा साचो हो हो यो विषयमा हामीले कानुनि टिप्सका आधारमा पढाईरको छौ आसा छ किताब समस्या पनि छट्टिै हल हुन्छ ।
के भन्छन् कक्षा ११ मा कानुन पढ्दै गरेका विद्यार्थीहरु
देउवा तमाङ
खनियाबास –४ चौकि एरिया
म गणेश कुण्ड माध्यामिक विद्यालय सत्यदेविमा पढ्दानै कानुन विषय पढ्ने मेरो इच्छा हो ।
यो विषय पढेर समाजमा कानुनी सेवा दिने रुची हो । ११ कक्षामा कानुन पढ्ने पहिलो व्याच भएकोमा आफूहरुलाई भाग्यमानी रहेछौं । सरहरुले अहिले सम्म राम्रो पढाउनु भएको छ ।
किताब आएपछि अझ धेरै बुझिन्छ कि । सरकारले पाठ्यक्रममा कानुनी विषय समाबेस गरेतापनि पाठ्यपुस्तक नहुँदा केहि अप्यारो भएको महसुस गरेको छु । सरहरुले चिन्ता नगर्नु हामी यो हप्तामा किताव दिन्छौ भन्नु भएको छ ।
नविना खनाल
नीलकण्ठ नपा रायटार
म रायटारमा बस्छु । म चिल्ड्रेन पार्क बोडिङ स्कुलबाट एसईई गरेर कानुन पिषय पढ्न आएकी । अहिले नेपालमा मात्र नभएर विश्वभर कानुनी विषयको स्कोप छ । यो धादिङका लागि नयाँ पनि हो, धेरैले कानुनी विषयलाई बुझेका पनि छैनन् ।
प्रधान न्यायधिस पहिला हामी जस्तै थिए, हामी नै हो पछि न्यायधिस बन्ने यहि सोचका साथ म अध्यापन गरि रहेको छु ।हाम्रो समाज अहिले पनि कानुनका विषयमा अनविज्ञ छ, समाजमा रहेका हरेक मान्छेले कानुनी कुरा बुझन आवस्यक छ म धादिङमा पढाई नभएको भए अन्यत्र गएर भएपनि कनुनी विषय पढ्छु भन्ने सोचेको थिए । घरमै बसेर आफुले चाहेको विषय पढ्न पाउँदा असाध्यै खुसी छु ।
पुष्पा श्रेष्ठ
नीलकण्ठ नपा ससाह
मेरो घर ससाह हो, मैले देउराली मा वि बाट एसईई पास गरि अहिले कानुनी विषय पढ्दै छु । पढ्न एक साता पनि भएको छैन तर पनि कानुन हरेक विद्यार्थीले पढ्नु पर्ने विषय रहेछ ।
अहिले संचार माध्ययममा आउने गरेको र नेताहरुले भन्ने गरेको सुशासन र आर्थिक समृद्धिका लागि कानुन जान्नै पर्ने रहेछ । अहिले कानुन विषयमा अध्यापन गर्न थालेर राम्रो गरेछु जस्तो लागेको छ ।
धेरैले कानुन नबुझेर नै हाम्रो देश नराम्रो बाटोतिर गएको हो । यो कानुन विषय पढेर राम्रो तिर लान सकिन्छ समाजमा सुशासन अनिवार्य छ सुशासनको लागि कानुन पनि अनिवार्य छ । कानुन विषय पढेर रोजगारीका अवसरहरुपनि धेरै छन् । अहिले सरहरुले पनि असाध्यै महनत पढाई रहनुभएको आभास भएको छ ।
करुणा बसौला
त्रीपुरासुन्दरी गाउँपालिका
म त्रीपुरासुन्दरी वाड न ६ श्री भिमदय माध्यामिक विद्यालयबाट कानुनी विषय पढ्न आएको हुँ । यो पिषय पढेर देशको सम्मनीय व्यक्ति बन्न मन छ ।
पढि सकेसी रोजगारीको कुरा त आई हाल्छ, कानुनी विषय पढेपछि रोजगारीका लागि झनै सजिलो छ । अझ महिलाहरुका लागि त कानुनी विषय झनै आवश्यकता छ । लैंगिक विभेद, घरेलु हिंसा, शैक्षिक विवेध कति हो कति कम्तिका पनि कुनन बुझियो भने दक्ष नागरिक बन्न सकिन्छ मेरो मनले यहि सोच्यो अनि कानुनी विषय पढ्दै छु ।

शान्त बहादुर तामाङ
लापा गाउँपालिका लापा
मेरो घर लापा हो मुलुकमा संविधान सभाको निर्वाचन भए देखि नै मलाई कानुन विषय पढ्न भित्री मन देखिनै रहर थियो । कति पय मान्छेले सामान्य कानुनी ज्ञानका आधारमा लेखनदास, अलधेरै पढेकाले वकिल काम गरेको गाउँका सामान्य घटनामा निवेदन लेखेको मुद्धा जिताई दिन वकिल कहाँ लाग्ने लर्को आफ्नै आँखाले देखें ।
कानुनी व्यवसायमा पनि कानुनका विद्यार्थीहरु कम भएर एकाधिकार हुँदा जनतालाई राहात सँगै आघात पनि हुने गरेकोले आफु इमान्दारका साथ कानुन व्यवसायी बन्ने सोचका साथ पढ्दै छु ।
सुरुमा कानुनको विषयमा हमीलाई थाहा थिएन अहिले हामीलाई केहि जनाकारी भएको छ । मैले कक्षा लिएको ५ दिन जति भयो सरहरुले पनि राम्रो सँग सरल तरीकाले पढाउनु भएको छ । सरहरुले पनि राम्रो गर्न सक्छ प्रगति गर्न सक्छौ आतिनु पदैन भन्नु भएको छ ।
