काभ्रे, साउन १९ । पनौती नगरपालिका–९, नौबीसे फाँटका दुर्गाप्रसाद हुमागाइको २ तले घर विद्युत्त सर्ट भएर आगलागी भएको छ ।
आगो प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगो लागेर घर पूर्णरुपमा जलेको काभ्रे प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार, करिब १० लाख बराबरको सुनचाँदीका गरगहना, खाद्यान्न तथा लत्ताकपडा जलेको छ ।
