धादिङ श्री काव्य लोकार्पण

Avatar photo
Dhadingpost
साउन २१, २०७५

धादिङ साउन २१ । धादिङ जिल्लाको सेरोफेरोमा प्रा.डा. रामचन्द्र लम्सालले लेख्नु भएको धादिङ श्री काव्य धादिङबेसीमा लोकार्पण गरिएको छ ।

धादिङका साविकका ५० वटै गाविसहरुलाई समेटेर आएको धादिङ श्री काव्य नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राध्यापक डा. कुल प्रसाद कोइरालाले धादिङबेसी स्थित नीलकण्ठ क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गर्नुभएको हो ।

धादिङ श्री लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राध्यापक डा। कोइरालाले साहित्य समाजको ऐना हो, समग्र धादिङको भिन्तन मनन् धादिङ श्री भएको बताउनु भएको थियो ।

नीजि तथा आबासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन) धादिङले प्रकाशनमा ल्याएको प्रा.डा. रामचन्द्र लम्सालद्वारा रचित धादिङ श्री काव्य लोकार्पण कार्यक्रम भानु प्रष्ठिान धादिङले गरेको थियो ।

कार्यक्रममा समाजशास्त्री उप प्राध्यापक उद्धव सिग्देल, प्रा.डा. लीला नाथ पौड्याल, शान्तविक्रम बानियाँ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

भानु प्रतिष्ठान धादिङको अध्यक्ष डा. नबिनबन्धु पहाडीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकिले गर्नुभएको थियो ।