तुलसीपुर, साउन २१ । घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १७ यात्रु घाइते भएका छन् भने पाँचको अवस्था गम्भीर रहेको छ।
घाइते सबैको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
साना सवारी साधन सबै ठप्प भएका थिए भने ठूला सवारी साधन भने फाटफुट सञ्चालन भएका थिए।
खोलामा ठूला सवारी साधन जोखीम मोलेर सञ्चालन भए पनि साना सवारी साधनहरु अझै चल्न सकेका छैनन्।
धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार राति खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
