ज्यामरुङमा पहिरो पाँच घर विस्थापित

Avatar photo
Dhadingpost
साउन २०, २०७५

धादिङ ज्यामरुङ साउन २० । धादिङबेसी टारीबेसी अरुघाट सडक निमार्ण गर्न ठेक्का पारेको लामा कन्ट्रक्सनको लापर्वाहीले ज्यामरुङ हनुमान डाँडाका ५ घर दलितहरु विस्थापित हुन पुगेका छन् ।

नीलकण्ठ नगरपालिका १० मा पर्ने गाैथलेटोल हनुमान डाँडा स्थित सडकमा निमार्ण गर्दा सडक माथिको जमिन पहिरो जाँदा ५ घर दलित बस्ती विस्थापित हुन पुगेको हो ।

जिल्ला प्रहरी कार्याल धादिको स्थलगत मुजुल्का अनुसार साउन १८ गते राती परेको अविरल वर्षादले पहिरो जाँदा धनबहादुर कामी, इन्द्रबहादुर वि.क., पदमबहादुर विक, डिलबहादुर वि.क., सोमबहादुर विक. को घर जोखिममा पर्दा यी ५ परिवार पूर्ण रुपमा विस्थापित बनेका हुन् ।

विस्थापित सोमबहादुर विक लगायतको विस्थापित घरमुलीहरु आइतबार राहातको लागि रेडक्रस र जिल्ला प्रसासन पुगे तर रेडक्रसले दिएको त्रिपाल समेत टागेर बस्ने ठाउँ नभएको सोमबहादुर विक बताउँछन् ।

सडक निमार्ण गर्दा अरु प्रभावितलाई मुअब्जा दिइयो तर हामी यी ५ घर दलितलाई मुअब्जा पनि दिईएको छैन, सडककै कारण हाम्रो १२ रोपनी जग्गा पूर्ण रुपमा पहिरोको जोखिममा छ जिल्ला प्रशासनले पनि उक्त स्थानमा नबस भन्यो तर बस्ने कहाँ ? पिडितहरुको पक्षमा बोल्ने धेरै छन् आफुहरु घरबास विहिन हुदा पनि हाम्रो विसयमा सरोकारवालाहरुले चासो नदिएको गुनासो व्यक्त गरे ।

x