
धादिङ साउन १९ । धादिङको गल्छी गाउँपालिका बैरेनीमा रहेको द राइजिङ भिलेज बोर्डिङ स्कुलमा अध्ययरत अनिशा आले विद्यालय स्तरीय गायन प्रतियोगितामा २ पटक स्टार बनिन् ।
उनी अब एउटा एल्बम निकाल्न चाहान्छिन्, सबैले मेरो स्वरको प्रशंषा गर्छन्, खाली अरु अग्रज गायकाका गितहरु गुन गुनाउँदै आएको छु अब नयाँ गित गाउँन चाहान्छु तर मैले अवसर पाइराखेको छैन हामी सँग दुखेसो पोखिन् ।
कक्षा ३ बाट नै आफुले गाउन सुरु गरेको बताउने अनिशाले प्रायस राष्ट्रिय लोक गायकहरु चिनेकि छिन् र उनीहरुले गायका गितहरु पनि जस्ताको तस्तै गाउन सक्छिन् ।
अत्यन्त मिठो स्वर रहेकी अनिशाको बारेमा द राइजिङ भिलेज बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज ओझा भन्छन् अनिशाको मिठो स्वर छ, पढाई पहिलो प्रथामिकता हुनाले हामीले पढाईलाई नै जोड दिएका छौ तर पछि उनले अध्ययन सँगै गायन विधालाई पनि सँगै लगिन भने भविस्य उज्वल देखेका छौं ।
त्यसोत अनिशाले अहिले सम्म कहि कतै भ्वाई परिक्षण गरेकि छैनन्, तालिम पनि लिएकी छैनन्, घरमा आमा बाबा र दाईको प्ररणाले मलाई गि गाउन मन लाग्छ र गाउँछु पनि गायीका नै बन्ने भन्ने चाहि सोचेको छैन तर स्कुल लेभल सकेसी गायन पनि सिक्ने इच्चा रहेका बताईन् ।

