
कोरिया साउन १९ । प्रवाशी नेपाली एकता, आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो सामुहिक प्रतिबद्धता, भन्ने नाराको साथ कोरियामा “रिदम लाइभ कन्सर्ट एण्ड सांगितिक धमाका २०१८ हुने भएको छ ।
कोरियाको महान पर्व छुसकको अवसर पारेर यहीँ आँउदो २०१८ सेप्टेम्बर २४ मा धादिङ समाज कोरिया तथा काभ्रे सम्पर्क समिती कोरियाको संयुक्त आयोजनामा सांगितिक धमाका २०१८ हुने भएको हो ।
धादिगं समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारी अनुसार कार्यक्रममा लोकप्रिय गायक दिपक बज्राचार्य बबिता बाँनिया जेरि , नव उदयमान चर्चीत गायिका पुर्णिामा लामा , मोडल तथा हट डान्सर अञ्जली अधिकारी, मोडल तथा चर्चित कलाकार रक्षा श्रेष्ठ , चर्चित हाँस्य कलाकार तथा उद्घाघोषक राजा राजेन्द्र पोखरेल सहभागि हुने समेत अध्यक्ष अधिकारीले धादिङपोष्टलाई बताए ।
कार्यक्रमबाट संकलन सहयोग रकमबाट दुबै आयोजक संस्थाले जिल्लाको विकट र एम्बुलेन्स अभाव रहेको ठाँउमा एम्बुलेन्स सहयोग गरिने उदेश्य राखेको काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमिल्सिनाले बताउए ।
एम्बुलेन्स अभावमा बिरामिलाइ समयमा नै हस्पिटल पुर्याउन नसक्दा धेरैको ज्यान गएको दुस्खद खबर बेला बेलामा हामिले सुन्दै र भोग्दै आएका छौ ।
स्वास्थ्य क्षेत्रको यहि समस्या र अभाबलाइ मध्येनजर गर्दै र प्रवाशमा रहेर पनि आफ्नो माटोको लागि केही योगदान पुर्याउने हेतुले दुबै क्षेत्रको विकट गाउँर भेगमा एम्बुलेन्स सहयोग गर्ने पबित्र उदेश्य बोकेर आयोजना गर्न लागिएको यस मनोरञ्जनात्मक परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ-आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन पनि यी दुई अध्यक्षहरुले आग्रह गरे ।
कार्यक्रम हुने मिति र स्थान
मितिस् छुसकको दोश्रो दिन (September 24th)
स्थान: अन्तराष्ट्रिय स्तरको सुबिधा सम्पन्न Yes 24 Live Hall, Seoul (गत सलनालमा बिपुल क्षेत्रिको कन्सर्ट भएको हल)
समय: दिनको १:०० बजेबाट
