सिंखडाको पढ्नै पर्ने पुस्तक ‘हिँडे पुगिन्छ’

Avatar photo
Dhadingpost
साउन १९, २०७५

धादिङ साउन १९ । धादिङका युवा पर्यटन व्यबसायी राजन सिंम्खडाको ‘हिँडे पुगिन्छ’ पुस्तक यतिबेला चर्चामा छ ।

पर्यटन व्यबसायी भएता पनि जति टेलिभिजनको हास्य टेलिसिरिएलले चिनायो त्यति नै थप यो पछिल्लो पटक बजारमा आएको पुस्तक ‘हिँडे पुगिन्छ’ पुस्तकले चर्चामा ल्याउन सुरु गरेको हो ।

केहि महिना अघि विशेष कार्यक्रम गर्दै विमोचन गरिएको ‘हिँडे पुगिन्छ’ देशका प्रायः पुस्तक पसलहरुमा भेटिन्छ भने विदेशमा पनि उत्तिकै भेटिन्छन् ।

साउन १५ गते काठमाडौ गोकर्ण हाउस पार्टी प्यालेसमा भएको भिटोफ नेपालको २२ औं साधारण सभामा भेटिएका उनै धादिङका राजन सिंखडालाई पुस्तक पढेकाहरुले दिएका बधाई थाप्न भ्याई नभ्याई सियो भने पुस्तक पढ्न नपाएकाहरु पुस्तक खोजि गर्न थालेका थिए । इच्छुकहरुलाई पुस्तक पढ्न उनले प्रकाशन गृह सँग कुरा गरेर पार्टी प्यालेस कै छेउमा पुस्तक विक्रिकेन्द्र समेत खोल्नु परेको थियो ।

‘हिँडे पुगिन्छ’ पुस्तक बारे सिंखडा भन्छन्-

“हामी बेलायत र अमेरिकाको कुरा गर्छौ । त्यो भन्दा अथाह सम्भावना त मैले नेपालमा नै देखेको छु । हो, यही कुरालाई मैले पुस्तकमा समेट्न खोजेको छु । ”

नेपाल उर्वर भूमि हो, पर्यटन, कृषि र जडिबुटी क्षेत्रमा लगानी गरी नेपाललाई समृद्ध बनाउन सकिन्छ । नेपालका १८ देखि २५ बर्ष सम्मका युवालाई विदेशमा नभएर नेपालमा नै केही गर्न सकिन्छ भन्ने सन्देश आफुले पुस्तकमा समेट्न कोसिस गरेको छु ।

प्वाइन्ट मिडिया प्रालिले प्रकाशन गरेको १८१ पृष्ठको यो पुस्तकको मूल्य रु २५५ रहेको छ । पुस्तकमा उनले धादिङको रुबी भ्यालीलाई समेत पर्यटनका हिसावले विश्वको उत्कृष्ट पदयात्राको गन्तव्य भनेर उल्लेख गरेका छन् भने र्याफ्टीङलाई समेत जोडेका छन् ।

सबैले बुझ्ने सलर शैलिमा प्रस्तुतिकरण गरिएको यस नेपाली भाषाको पुस्तकमा पर्यटनकै माध्यमबाट देश समृद्ध बनाउन सक्ने सपना छ । मुलुकभित्र भएका अनगिन्ती सम्भावनालाई सम्भव तुल्याउँदै अघि बढ्नका लागि केही दशकसम्म गर्न सकिने कामको खाका पुस्तकले कोरेको छ ।

लेखक सिम्खडाले सटिक विषयवस्तुलाई रोचकशैलीमा उतारेका छन्, हिँडे पुगिन्छ पुस्तकमा नेपालको पर्यटन क्षेत्र, कलाकारिता र आर्थिक समृद्धिको भिजन र मिसनलाई उजागर गरेको छ ।