
धादिङ साउन १८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धादिङले आयोजना गरेको अंग्रेजी निवन्ध लेखन प्रतियोगितामा धादिङबेसी स्थित सुनगाभा एकेडेमीमा अध्ययनरत छात्रा पार्वती गुरुङ प्रथम भएकी छिन् ।
गल्छी बैरेनि स्थित द राइजिङ भिलेज स्कुल प्राङ्गणमा भएको प्याब्सन जिल्ला स्तरीय अंग्रेजी निवन्ध लेखन प्रतियोगितामा सुनगाभा एकेडेमीकी कक्षा ७ मा अध्ययनरत पार्वती गुरुङ प्रथम भएकी हुन् ।
महिला शसक्तिकरण विषयमा निवन्ध लेख्न लगाईएको उक्त प्रतियोगितामा द राइजिङ भिलेज स्कुल बैरेनी बाट छात्र अनुराग थापा दितिय र सजिता अधिकारी तृतिय भएका छन् भने सुनगाभा एकेडेमीका रोशन कोइराला र बेनी शिक्षा सदनका सुरज उप्रेती सान्तोना भएका थिए ।
यसै गरि अंक स्कोरको आधारमा सुनगाभा एकेडेमी प्रथम, द राइजिङ भिलेज स्कुल बैरेनी द्वितिय, चिल्ड्रेनपार्क आवासिय उच्च मावि तृतिय, सक्सेज एकेडेमी र बेनी शिक्षा सदन सान्तोना भएका थिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष शान्तविक्रम बानियाँको प्रमुख आतिथ्यता, प्याब्सन धादिङका सल्लाकार एवम् कार्यक्रम समन्वय गर्ने द राइजिङ भिलेज स्कुलका प्रिन्सिपल नवराज ओझाको विशेष आतिथ्यता, फोटो पत्रकार महासंघ धादिङका अध्यक्ष नारायण सिलवाल सहभागि विद्यालय प्रिसन्सिपल एवम् सहभागि शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

पुरस्कृत विद्यार्थी एवम् विद्यालयलाई प्रमुख अतिथि, विशेष अतिथिहरुले शिल्ड मेडल, प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रमा सहभागि विद्यालय र पुरस्कृत विद्यालयलाई धन्यावाद दिदै प्यावसन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले प्यब्सनले विद्यार्थीहरुको क्षेमता अभिबृद्धिका लागि गरिएका हरेक कार्यक्रम उत्कृष्ठ हुने गरेको बताउँदै विद्यार्थीहरुलाई सबै कुरामा अब्बल बनाउने शिक्षण विधिमा प्यब्सनको ध्यान केन्द्रित भएको समेत बताएका थिए ।
अंक स्कोर यस्तो थियो
पार्वती गुरुङ प्रथम प्राप्त अंक ६७
अनुराग थापा दितिय अंक ६२
सजिता अधिकारी तृतिय अंक ६१
रोशन कोइराला सान्तोना अंक ५८
उप्रेती सान्तोना सान्तोना अंक ५७.५
