काठमाडौं, साउन १८ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएको छ ।
कांग्रेसले बहिष्कार गरेपछि जोशीलाई स्वीकृत र अस्वीकृत गर्ने पक्षमा भएको मतदानका क्रममा १० भोट अस्वीकृत गर्ने पक्षमा पर्यो भने स्वीकृत गर्ने पक्षमा कुनै पनि भोट खसेन । संसदीय नियमावली अनुसार दुईतिहाइ बहुमतले अस्वीकृत गर्न सकिने भएकाले यो निर्णयमा पुगिएको समितिका जेष्ठ सदस्य तथा सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
शैक्षिक प्रमाणपत्र विवाद र केही ‘विवादित फैसला’का कारण सत्तासीन नेकपा जोशीको सिफारिस दुईतिहाइबाट अस्वीकृत गरिएको हो । यसअघि गत बुधबारको बैठकबाट जोशीको नाम अस्वीकृत गर्ने तयारी गरेको नेकपाले प्रमुख विपक्षी कांग्रेसले बैठक नै बहिष्कार गर्ने चेतावनी दिएपछि दुई दिन बैठक स्थगित गर्न सहमत भएको थियो ।
