चलचित्र ‘बोबी’को मल्टिप्लेक्स हलमा आशालाग्दो व्यापार

Avatar photo
Dhadingpost
साउन १८, २०७५

काठमाडौँ, साउन १८ । यो बर्ष रिलिज भएका चलचित्रले सफलता हात पार्न सकेका छैनन् । यही समयमा असारको २९ गतेबाट रिलिज भएको चलचित्र ‘बोबी’ले भने मल्टिप्लेक्स हलमा आशालाग्दो व्यापार गरेको छ ।

चलचित्र सफल भएपछि उमेश र कविता सफलता पार्टीमा भावूक देखिए । उनीहरुले दर्शकबाट यति धेरै माया पाउन सफल भएको भन्दै खुशी व्यक्त गरे । नरेश भट्टराइले चलचित्रको कथा लेखेका हुन् भने ताराप्रकाश लिम्बु यसका संगीतकार हुन् ।

चलचित्र रिलिज भएको ३ सातापछि यसको निर्माणपक्षले सफलता पार्टीको आयोजना गरेको छ । काठमाण्डौमा आयोजना गरिएको सफलता पार्टीमा यसका निर्माता, कलाकार, निर्देशक र प्राविधिकहरु उपस्थित थिए ।

मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा उमेश थापा र कविता गुरुङको मुख्य भूमिका छ । कविता र उमेशकै रियल लाइफ स्टोरीमा यो चलचित्र निर्माण भएको हो ।