कति छ गल्फ खेलाडी टाइगर उडको सम्पत्ति

Avatar photo
Dhadingpost
साउन १८, २०७५

काठमाडौँ, साउन १८ । अरु खेलभन्दा गल्फ खेललाई विशेष रुपमा लिने गरिन्छ । यसै खेलबाट टाइगर उड विश्वभर चर्चित भए भने अथाहा सम्पत्ति पनि कमाएको छ ।

अरु खेलमा झै यस खेल खेल्ने खेलाडीहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । तर, विश्वमा यो खेल पनि सबैभन्दा धेरै खेलिने खेलमा यो खेल पनि पर्ने गरेको छ ।

उनको कुल आम्दानी ८३ मिलियन अमेरिकी डलरभन्दा धेरै रहेको छ । उनले डडोर्समेन्टबाट मात्रै ७१ मिलियन अमेरिकी डलर कमाएका थिए ।

अमेरिकन गल्फर युरोपियन टुर्स र पिजिए टुर्समा सहभागी रहेका छन् ।

उनले ४० युरोपियन टुर्स टाइटल र ७९ पिजिए टुर्स टाइटलमा उनले सफलता पाएका छन् । उनले १९९७, २००१, २००२ र २००५ मा सम्पन्न भएको मास्टर टोर्नामेन्टमा जित हासिल गरेका थिए ।

सन् १९९९, २०००, २००६, २००७ मा भ भएका पिजिए च्याम्पियन्समा पनि जित हात पारेका थिए ।