तेह्रथुम, साउन १७ । आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय चक्रबहादुर लिम्बूलाई दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेको छ ।
घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताए ।
उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो।
