दुर्घटनामा एकको मृत्यु

Avatar photo
Dhadingpost
साउन १७, २०७५

रसुवा, साउन १७ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बुमा रहेको क्रसर प्लान्टमा दुर्घटनामा परि १९ वर्षीय छबिलाल थापाको ज्यान गएको छ ।

मेसिन परेपछि हात खुट्टा चुडिएर गम्भीर घाइते भएका थापाको उपचारको लागि जिल्ला अस्पताल धुन्चे ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

मृत्यु हुनेमा तनहुका १९ वर्षीय छबिलाल थापा रहेका छन्। निर्माणधिन सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको बज्रगुरु कन्स्ट्रक्सन कम्पनीको प्लान्टको वेल्टमा कपडा अल्झिएर उनी मेसिनमा परेका थिए।