एजेन्सी, साउन १७ । विश्वका विभिन्न देशको नतृत्व सम्हालिरहेका नेताहरु मध्ये को सबैभन्दा आकर्षक (ह्याण्डसम एण्ड हट) को को छन् भन्ने उत्तर पनि इनटरनेटमा पाइन्छ ।
विश्वका ९ सुन्दर राजनेताको सूचिमा इमरान खान अहिले पनि छन् । यो सूचिको शीर्ष स्थानमा इटालीका पूर्व मन्त्री मारा कारफागना छन् । यसपछि पाकिस्तानका पूर्व विदेश मन्त्री हिना रब्बानी खार तेस्रो तथा इमरान खान नवौँ स्थानमा छन् ।
इमरान खान विश्वकौ सबैभन्दा ह्याण्डसम नेता बन्छन् कि बन्दैनन् भन्ने कुरा रेटिङ्ग तथा अनलाइन भोटका आधारमा पछि थाहा हुनेछ ।
यो वेबसाइटमा विश्वका विभिन्न देशका प्रमुखलाई रेटिङ्गका आधारमा सूचिकृत गरेको छ । अहिले सूचिको शीर्ष स्थानमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो छन् । त्यसपछि दोस्रो स्थानमा छन् स्पनेका प्रधानमन्त्री पेट्रो सान्चेज र भुटानका राजा जिगमे खेसर नामगेयाल वाङ्गचुक तेस्रो स्थानमा छन् ।
तर पाकिस्तानमा सामाजिक सञ्जालमा अब प्रधानमन्त्री बन्न लागेका इमरान खान सबै भन्दा ह्याण्डसम सत्तासिन नेता बन्ने चर्चा चलेको छ ।
तर अहिले उनले पाकिस्तानको संसदमा आफ्नो बहुमत साबित गर्नु पर्नेछ । उनको पार्टी आम चुनावमा सबैभन्दा ठूलो दल बनेको छ तर पूर्ण बहुमत भने छैन ।
