फोटो प्रतियोगिता २०७५ का उत्कृष्ट फोटोहरुको प्रदर्शनी सुरु

Avatar photo
Dhadingpost
साउन १७, २०७५

काठमाडौँ, साउन १७ । फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजित ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बीर प्रदर्शनीमा राखिएको छ ।

फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिसहोम, एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट १६० फोटो प्रदर्शनीमा राखिएको क्लबका अध्यक्ष विकास कार्कीले जानकारी दिनुभयो ।

त्यसअवसरमा फोटो अफ दि इयर बिजेता नरेन्द्र श्रेष्ठले प्राप्त गर्नुभएको रु एक लाख पुरस्कारमा रू ७० हजार फुदन सदाका परिवारलाई र बाँकी ३० हजार केही समयअघि निधन भएका पत्रकार यादव थपलीयाको परिवारलाई हस्तान्तरण गर्नुभयो ।