उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र निर्माण गरिरहेको अमेरिकी अधिकारीहरुको भनाई

Avatar photo
Dhadingpost
साउन १५, २०७५

एजेन्सी, साउन १५ । ट्रम्प प्रशासनसँग न्यानो बन्दै गएको सम्बन्धका बावजूद उत्तर कोरियाले नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गरिरहेको बताइएको छ ।

एकजना अमेरिकी अधिकारीले वासिङ्टन पोस्टसँग गुप्तचर सेटेलाइटले उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन गर्ने स्थानतिर त्यस्ता क्रियाकलाप जारी रहेको बताइएको छ ।

यस अघि जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापूरमा शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तरले आफ्नो सम्पूर्ण परमाणु तथा क्षेप्यास्त्र कार्यलाई बन्द गर्ने प्रतिबद्धता जनाएको थियो ।

उक्त फ्याक्ट्रीमा अमेरिकासम्म पुग्ने उत्तरको पहिलो अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र ह्वासङ १५ निर्माण गरिएको थियो ।

रोयटर्सले एकजना अधिकारीलाई उद्धृत गर्दै त्यस्ता कार्य कति अघि बढेकोबारे स्पष्ट नभएको बताएको छ ।