आज १५ साउन खिर खाने दिन

Avatar photo
Dhadingpost
साउन १५, २०७५

काठमाडौँ, साउन १५ । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । आज प्राय जसो घरमा खिर खाएर १५ साउन मनाउँदै छ ।

असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै आएको छ ।

दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ ।

मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेला अनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ ।