
धादिङवेसी साउन १४ । नेपाली काङ्ग्रेस धादिङले पत्रकार सम्ममेलन गर्दै जिल्लाको सदरमुकाम धादिङवेसीमा विरोध प्रर्दशन गर्ने घोषणा गरेको छ ।
काङ्ग्रेस धादिङद्धारा आज पत्रकार सम्मेलनको आयोजना गरी साउन १५ गते विराेध प्रदर्शन गर्ने जानकारी गराइएको हो ।
संघीय सरकार र प्रदेश सभाका सभामुख एउटै दलबाट भएको, संघीयताको भावना विपरित अधिकारहरु केन्द्रीकरण गरिएको, शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएर स्वतन्त्र न्यायलयप्रति आक्रमण गरेको आदि आरोप लगाउदै विरोध प्रर्दशन गर्ने जानकारी दिइएको छ ।
त्यस्तै तत्कालीन सरकारले ७० वर्षबाट घटाइ ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय, मृगौला, क्यान्सर तथा मुटु रोग जस्ता गम्भीर बिरामीहरुलाई मासिक ५ हजार भत्ता दिने निर्ण, भूकम्प पीडितलाई थप १ लाख दिने निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ ।
भोलि हुने विरोध प्रदर्शनी नगरपालिकाको वडा नं. ३ पश्चिम भेग थोपल खोलाको मुखबाट पुछार बजार, बीच बजार हुदै सिरानबजार पुगरे बीच बजार आइ कोण सभा गरिने काङ्ेग्रेस धादिङका सभापति रमेश धमलाले बताएका थिए ।
