अब नयाँ मान्छे बन्छुः नेयमार

Avatar photo
Dhadingpost
साउन १४, २०७५

काडमाडौ, साउन १४ । ब्राजिलका स्टार स्ट्राइकर नेयमारले विश्वकप पछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन् ।

रसिया विश्वकपमा उनको प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफका लागि नेयमारले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन् ।

सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन् ।

सन् २०१८ को विश्वकपमा नेयमार र ब्राजिलप्रति ठूलो अपेक्षा गरिएको थियो । तर बेल्जियमसँग पराजित हुँदै ब्राजिल क्वार्टर फाइनलबाटै बाहिरियो ।

‘तपाईंलाई लाग्दो हो म ओभरएक्टिङ गर्छु, हो कहिलेकाहीँ गर्छु पनि । तर सत्य के हो भने मैदानमा मैले पीडा भोगिरहेको हुन्छु । तपाईंलाई थाहा छैन मैदानबाहिर मैले के भोगिरहेको हुन्छु, ’२६ वर्षिय नेयमारले भनेका छन्, ‘म जतिबेला मिडियासँग कुराकानी नगरी हिँड्छु यसको मतलब मलाई जितमात्र मन पर्छ भन्ने होइन यसको अर्थ मैले तपाईंहरूलाई निराश बनाउन जानिनसकेकाले हो ।