प्रधानन्यायाधीशका लागि जोशी नहुने सम्भावना

Avatar photo
Dhadingpost
साउन १४, २०७५

काठमाडौ, साउन १४ । संसदीय सुनुवाईमा प्रधानन्यायाधीशका लागि सिफारिस दीपकाराज जोशी नहुने सम्भावना बलियो बनेको छ ।

उनीमाथि लागेका आरोपका सम्बन्धनमा चित्त बुझ्दो जवाफ नपाएपछि समितिले प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेको हो ।

सुनवाईसंगै जोशीको शैक्षिक योग्याताको प्रमाण पत्र शंकाको घेरमा परेपछि समितिले निर्णय दिन ढिलाई गरेको थियो । जोशीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकृत गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

गत बिहीबार उनलाई संसदीय सुनुवाई समितिले उनका सम्बन्धमा परेका उजुरीका बारेमा सोधपुछ गरेको थियो । करिब ४ घण्टा सांसदहरुले प्रश्न सोध्दा अधिकांश प्रश्नबाट पन्छिदै जम्मा १२ मिनेट मात्रै जवाफ दिएका थिए ।