काठमाडौं साउन १४ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको साउन १५ गते हुन गइरहेको निर्वाचनमा मञ्चका पूर्व उपाध्यक्ष ध्रुव सिंखडा र महासचिव वासुदेव पाण्डेबिच नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै छन् ।
धादिङका भन्दा ५० प्रतिशदको आराहारीमा उम्मेदवार रहेको यस भिटोफ चुनावको नतिजा धादिङ घर भएका मतदाताहरुको मत निर्णायक हुने बताईएको छ ।
ठुलो संख्यामा धादिङका व्यवसायीहरुको सदस्यता भिटोफ नेपालमा रहेको र प्रभाव पनि धादिङकै व्यवसायीहरुको रहँदै आएकोले आसन्न भिटोफ निर्वाचनमा जुन समुहले धादिङका व्यवसायीहरुको कम्तिमा ५० प्रतिशत मत र स्वतन्त्र व्यवसायीको मत तान्न सक्छन् उहि समुह विजय हुन सक्ने धादिङ घर भएका ध्रुव सिंखडा प्यानलबाट दितिय उपाध्यक्षका उम्मेदवार तारालाल धरेल बताउछन् ।
उम्मेदवार धरेलले भन्छन् सिंखडा प्यालन, परिपक्क, व्यवहारिक, र संस्थालाई केहि गरौं भन्ने मनोभावका साथ उम्मेदवारी दिएकोले जित्ने कुरामा दुविधा छैन ।
गाउँ पर्यटन प्रवद्र्न मञ्च (भिटोफ) नेपालका पुर्व प्रथम उपाध्यक्ष धुर्ब सिंखडाले अघिल्लो पटक आफुले सहमतीको आधारमा त्याग गरे पनी अहिले साथीहरुले राजनितिक बैमानी गरेको भन्दै त्यसका बाबजुत पनी आफ्नो प्इानलको जीत सुनिश्चीत भएको दाबी गरेका छन् ।
सिंखडा र पाण्डे तत्कालिन नेकपा एमाले निकट व्यवसायी हुन् तथापी सिंखडा प्यानललाई तत्कालिन नेकपा एमाले निकटको पर्यटन व्यवसायी संगठन नेपाल, नेपाली काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (नीट) र नयाँ शक्ति नेपाल निकट पर्यटन परिषद नेपाल पक्षधरका व्यवसायीहरुको समर्थन रहेको छ ।
त्यसैगरी पाण्डे समुहलाई तत्कालिन नेकपा एमाले निकटको अर्को संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन र तत्कालिन नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनको समर्थन रहेको छ ।
त्यस्तै स्वतन्त्र व्यवसायीहरुको समर्थन भने दुवै समुहलाई देखिएको छ । पार्टीको ह्वीपले पनि सबै पार्टीमा काम गर्ने अवस्था देखिदैन ।
ध्रुव सिम्खडा प्यानल
ध्रुव सिम्खडा
अध्यक्षका प्रत्यासी
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिम्खडा त्यसअघि यो संस्थाको सदस्य पनि हुनहुन्थ्यो । सिम्खडाले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । राजनीतिमा प्राप्तिमात्र होइन, त्याग पनि गर्न सक्ने मिलनसार व्यक्तित्वका धनी सिम्खडाले जापान, सिंगापुर, थाइल्यान्ड, भारत र युरोपका प्राय देशहरुको भ्रमण गरी नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । लायन्स क्लवलगायत अन्य सामाजिक संघसंस्थामार्फत समाजसेवामा पनि उत्तिकै सक्रिय वल्र्ड भिजन ट्राभल एन्ड टुर्स्का संचालक सिम्खडाको नेतृत्वमा गाउँ नै गाउँले भरिएको नेपालको पर्यटकिय विकासमा भिटोफले नयाँ गति लिनेछ ।
कृष्णबहादुर सुवेदी
प्रथम उपाध्यक्षका प्रत्यासी
त्रिभुवन विश्वविद्यालयबाट संस्कृतिमा स्नातक कृष्णबहादुर सुवेदी ९कृस०प्रथम उपाध्यक्षका प्रत्यासी हुनुहन्छ । सुवेदीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा सदस्य र सहकोषाध्यक्षको रुपमा रहेर सफल गाउँमैत्री पर्यटन अभियन्ताको पहिचान बनाइसक्नु भएको छ । जापान, चीन, भारत र युरोपका प्राय देशको भ्रमण गरिसक्नुभएका सुवेदीले २०७२ वैशाख १२ को विनाशकारी भुकम्पपछि आफ्नो गाउँका भुकम्पपिडितलाई सक्दो सहयोग गर्नुभएको थियो । होमस्टे टे«लको अन्वेषण र प्रवद्र्धनलाई व्यापक बनाएर गाउँहरुको पर्यटकीय विकासमार्फत सिंगो मुलकलाई समुन्नत पार्ने उहाँको योजना छ । उहाँ युनिक एडभेन्चरका संचालक हुनुहुन्छ ।
तारालाल धरेल
द्धितिय उपाध्यक्षका प्रत्यासी
तारालाल धरेल ज्यामरुङ् जनकल्याण समाजका महासचिव पनि हुनुहुन्छ । धरेल समाजका समेत कोषाध्यक्ष रहनुभएका उहाँ २०७२ वैशाख १२ को विनाशकारी भुकम्पलगत्तै आफ्नो गाउँमा निकै सक्रिय हुनुभएको थियो । पछिल्लो ३ बर्षदेखि ३ सय विद्यार्थीलाई नियमित रुपमा कापी, कलम र डे«स वितरण गर्दै आउनुभएका धरेलले थाइल्यज्ड, इन्डिया, मलेसियालगायत झन्डै आधा दर्जन देशको भ्रमण गरिसक्नुभएको छ । काठमाडौंकेन्द्रीत पर्यटनलाई गाउँ–गाउँमा पुर्याउँदै एक घर एक पर्यटकको अवधारणा लागु गर्दै नेपालका प्रत्येक गाउँलाई दार्जीलिङ बनाउन सकिने उहाँको विश्वास छ । उहाँ नेपाल हाइकिङ ट्रेकका संचालक हुनुहुन्छ ।
जस्फा पाण्डे
महासचिवका प्रत्यासी
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा पहिलो महिला महासचिव बन्दै गर्नुभएकी जस्फा पाण्डेको उम्मेदवारी पर्यटनमा महिला सशक्तिकरणको सन्देश पनि हो । भिटोफमा सदस्य र सचिवका रुपमा सफल कार्यकाल पुरा गरिसक्नुभएकी उहाँ समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँकै नेतृत्वमा मकवानपुरको कुन्छालमा सफल होमस्टे प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । अमेरिका, थाइल्यान्ड, भारत र युरोपका प्राय देशको भ्रमण गरिसक्नुभएकी पाण्डेले कुराभन्दा काम गरेर भिटोफलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिनुभएको छ । उहाँ जस्फा इन्टरनेशनल ट्राभल एन्ड टुर्स्का संचालक हुनुहुन्छ ।
नवराज थापा
सचिवका प्रत्यासी
सचिवका प्रत्यासी नवराज थापा यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका सदस्य मात्र नभएर कार्यालय व्यवस्थापक हुनुहुन्थ्यो । सामाजिक सेवामा सक्रिय उहाँ असल सोच र असल कर्मको निरन्तरतामा विश्वास गर्नुहुन्छ । आफ्ना गाउँको स्कुलमा एक बर्षसम्म एकजना शिक्षकको पारिश्रमिक बेहोर्नुभएका उहाँले भारत, थाइल्यान्डलगायका देशहरको भ्रमण गरिसक्नुभएको छ । भिटोफलाई अझ सशक्त बनाउँदै गाउँमैत्री पर्यटनको पैरवी गर्ने उहाँको लक्ष्य छ । उहाँ आशाही टे«क्स एन्ड एक्सिपिडिसनका संचालक हुनुहुन्छ ।
कुलप्रसाद सुवेदी
कोषाध्यक्षका प्रत्यासी
कोषाध्यक्षका प्रत्यासी कुलप्रसाद सुवेदी ९केपी० हिमालयन स्माइल ट्रेक्स एन्ड एडभेन्चर्स्का संचालक हुनुहुन्छ । २०४८ सालबाट पर्यटनसँग जोडिनुभएका उहाँले समाजशास्त्रमा स्नातक गर्नुभएको छ । दर्जन बढी देशको भ्रमण गरिसक्नुभएका सुवेदी गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका पूर्व सदस्य पनि हुनुहुन्छ । भिटोफको दुई बर्षे कार्यकालको अनुभवका आधारमा संस्थाको आर्थिक पाटो कमजोर भएको उहाँको बुझाई छ । भिटोफलाई आर्थिक रुपमा सक्षम बनाउँदै संस्थाको अग्रसरतामा नेपालका गाउँहरुलाई पर्यटनमैत्री र पर्यटनकेन्द्रीत बनाउने उहाँको योजना छ ।
उमेश दनै
सहकोषाध्यक्षका प्रत्यासी
सहकोषाध्यक्षका प्रत्यासी उमेश दनैले भौतिकशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । स्पिडी टुरिजम एन्ड ट्राभल्र्स्को संचालक उहाँले जापान, सिंगापुर, भारतलगायत आधा दर्जन देशहरु घुमिसक्नसभएको छ । भिटोफलाई युवा आकर्षण गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा युवा आकर्षण बढाउने उहाँको लक्ष्य छ । युवा जोश, जाँगर र सक्रियताले मात्र ‘गाउँ–गाउँमा पर्यटन’ भन्ने नारालाई व्यवहारमा सफल बनाउन सकिन्छ भन्ने उहााको विश्वास छ । उहाँ स्पिडी टुरिजम एन्ड टाभल्र्स्का संचालक हुनहुन्छ ।
राममणि रिजाल
सदस्यका प्रत्यासी
आउटडोर हिमालयन ट्रेक्सका संचालक राममणि रिजालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । पर्यटन सेवा संघको कार्यकारी सदस्य समेत भइसक्नुभएका उहाँले भारत, थाइल्यान्ड, नेदरल्यान्ड, फ्रान्स, बेल्जियम, इटाली, जर्मनी, नर्वेलगायतका देशहरुको भ्रमण गर्नुभएको छ । विकट गाउँका बाँझो खेतमा खेतीपाती गरी पर्यटकलाई लगेर स्थानीय गरीबी हटाउने उहाँको लक्ष्य छ । सन्तुलित आर्थिक समृद्धिको लागि गाउँमैत्री पर्यटन एक मात्र विकल्प हो भन्ने उहाँको बुझाई छ ।
शान्तकुमार बानियाँ
सदस्यका प्रत्यासी
बेटर भिटोफको नारा लिएर सदस्यका प्रत्यासी बन्नुभएका शान्तकुमार बानियाँ सन् २००० मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको हो । भरियाको रुपमा यो क्षेत्रमा आउनुभएका उहाँ गाइड हुँदै कम्पनी मालिकसम्म हुनुभएको छ ।
संतोष थापा मगर
सदस्यका प्रत्यासी
सदस्यका प्रत्यासी संतोष थापा मगरले मनमोहन मेमोरियल कलेजबाट अंग्रेजी साहित्यमा स्नातक गर्नुभएको छ । सन् २०१० मा होटलमा भाँडा माझ्ने कामबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँ त्यसपछि होटल मेनेजर हुनुभयो । हाल उहाँ ठमेलस्थित होलि लज प्रालिका संचालक हुनुहुन्छ । भिटोफले सुरुदेखि नै प्रशंसनीय काम गरेकोले यसबाट पर्यटन प्रवद्र्धन हुने विश्वास गर्दै सदस्यको उम्मेदवार भएको उहाँ बताउनुहुन्छ । सकारात्मक सोचका कर्मशील पर्यटन उद्यमी मगर कुनै बेला तेक्वान्दोको खेलाडी पनि हुनहुन्थ्यो ।
केदारमणि खनाल
सदस्यका प्रत्यासी
सदस्यका प्रत्यासी केदारमणि खनालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गर्नुभएको छ । पर्यटन सेवा संघ सचिव समेत भइसक्नुभएका उहाँ ग्रेट भिजन टे«क एन्ड एक्सपिडिसन र कर्मा होटलका संचालक हुनुहुन्छ । चौध बर्षको पर्यटन अनुभव भएका उहाँ भिटोफलाई नयाँ ढंगले अगाडि बढाउनेपर्नेमा जोड दिनुहन्छ । टर्की, सिंगापुर, दुवई, मलेसिया आदि देशको भ्रमण गरिसक्नुभएका उहाँ गाउँ पर्यटनको अवधारणालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।
पाण्डे समुहबाट
त्यसैगरी पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटाले उम्मेद्धारी दिएका छन् भने सदस्यमा जीवन थपलिया, चोपेन्द्र बहादुर खड्का, देवीकृष्ण रोकाय र दिपक पंगेनीको उम्मेद्धारी परेको छ ।

