डा.गोविन्द केसी हत्यारा हुन्, कारवाही गर्नुपर्छः नेकपा सांसद चौधरी

Avatar photo
Dhadingpost
साउन १३, २०७५

काठमाडौं, साउन १३ । सत्तारुढ दलकी सांसद गंगा चौधरी सत्गौवाले प्रध्यापक डा. गोविन्द केसी हत्यारा भएकाले उनलाई कारवाही गर्नुपर्ने बताएकी छन् ।

आइतबार चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा। गोविन्द केसीको अनसनका कारण धेरै मान्छेले ज्यान गुमाएको भन्दै उनलाई कारवाही गर्न माग गरेकी हुन् ।

उनले डा. गोविन्द केसीको अनसले गर्दा दाङकै गोविन्द चौधरीको मृत्यु भएको उदाहरण पेश गरिन् । भनिन् ‘टिचिङले भर्ना नलिँदा उनको मृत्यु भयो ।

‘चिकित्सा शिक्षा विधेयक ल्याउन ढिलो भयो, फेरि पनि विधेयकका विषयलाई लिएर आँखामा छारो हाल्ने काम भयो । १० बर्षसम्म डेण्टल मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने भयो भने गरिबका छोराछोरीले के गर्ने उनले प्रश्न गरिन् ।

सांसद चौधरीले मुलुक संघीययतमा गइसकेपछि यसबारे केन्द्र सरकारले नभई प्रदेश सरकारलाई नै निर्णय गर्न दिनुपर्ने पनि बताइन् ।

संसदमा दोस्रो पटक दर्ता भएको चिकित्सा शिक्षा विधेयकको संसदमा आजबाट सैद्धान्तिक छलफल सुरु भएको हो ।