काठमाडौँ, साउन १३ । गाँउघरमा विषेश गरेर गर्मीयाममा दहीमा पानी हालेर खाने चलन अझै पनि कायमै छ । तर शहर बजारतिर भने दही, मही खाने चलन बिस्तारै हराएर जान थालेको छ ।
दही मही भन्दा पनि बजारमा पाईने चिसो पेय पदार्थहरुमा मानिसहरुको आकर्षण बढ्दो छ। तर बजारमा पाइने पेय पदार्थहरु भन्दा पनि दही र महीको सेवन मानव स्वास्थ्यका लागि निकै नै लाभदायक रहेकाले दही महीको प्रयोग बढाउन जनस्वास्थ्यबिद् डा.अरुणा उप्रतीको सुझाव छ ।
दही मही, र लस्सी स्वादिलो हुनुका साथै यसले शरिरलाई शीतलता पनि प्रदान गर्छ । दही वा महीमा अलिकती नुन मिसाएर सेवन गर्दा यसले पाचन प्रक्रियामा ठूलो सहयोग पुगाउने उप्रेतीको भनाइ छ ।
डा. उप्रतीका अनुसार गर्मीयाममा शीतलता प्रदान गरिरहुनुको साथै गर्भवती महिलाका लागी पनि दही र मही अति नै उपयोगी मानिन्छ ।
महीमा पाइने प्रवायोटिकले गर्भाअवस्थामा आमा र बच्चाको स्वास्थ्यलाई सुदृढ बनाउन ठूलो सहयोग गर्छ ।
व्यस्त दैनिकी र दौडधुपका कारणले गर्मीयाममा शरीरमा आलस्यता आउने भएपनि महीको सेवनले शरिरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपुर्ती गर्ने गर्छ ।
यस्ता छन् महीका फाइदा
महीमा प्रयाप्त मात्रामा क्लासियम पाइने भएकोले कब्जीयत हुनुबाट जोगाउछ ।
महीको सेवन भुटेको जिराको साथ गर्ने गरिन्छ, जसले पाचन प्रणालीमा मद्दत गर्छ र पेटको गर्मी र अन्य समस्याहरूबाट पनि जोगाई राख्छ ।
मोटोपना अधिक हुँदा महीमा नून मिलाएर पिउनु फाइदाजनक हुन्छ । उच्च रक्तचाप हुँदा चूर्ण महीको साथ सेवन गर्नुपर्दछ । त्यसैगरि बिहान साँझ महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ ।
पटकपटक बाडुल्की लाग्ने समस्या रहेमा महीमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ ।
बान्ता आउने जस्तो मन भएमा महीमा जायफल पिसेर यसको मिश्रण पिउँदा लाभदायिक हुन्छ ।
सौन्दर्य समस्याको लागि मही निकै फाइदाजनक चीज हो । महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ । यसको साथै गुलाबको जरालाई मोहिमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ ।
शरीरको कुनै पनि भागमा पोलेको छ भने तुरुन्त मही लगाउँदा आराम मिल्छ ।
कपाल झर्ने समस्यामा पनि मही उपयोगी हुन्छ । यसको लागि बासी महीले हप्तामा दुई दिन कपाल धुनु लाभदायक हुन्छ ।
कतिपयलाई ल्याक्टेज इन टोलरोन्स हुने अर्थात दुध खाने बित्तिकै पेट गडबड हुने समस्या छ भने पनि यस्ता व्यक्तिका लागि मही धेरै नै फाइदाजनक रहन्छ ।

