सरकारले सात वटै प्रदेशका लागि कर्मचारी दरबन्दी थप

Avatar photo
Dhadingpost
साउन १३, २०७५

काठमाडौं, साउन १३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात वटै प्रदेशका लागि २१ हजार तीन सय ९९ को दरबन्दी थपेको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार कर्मचारीको दरबन्दी बारे जाँच गर्न संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले तयार पारेको रिर्पोटमा १६ हजार कर्मचारी रहने अनुमान गरिएको थियो । तर, प्रदेशमा थपिएका केही कार्यालयपछि प्रदेशमा कार्यरत कर्मचारीका दरबन्दी करिब २२ हजार पुगेको छ । सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयहरूको अन्तिम टुगों लगाएको छ ।

ओएनएमका सर्भेका अनुसार संघ,प्रदेश र स्थानीय तहमा कुल १ लाख १७ हजार ८ सय ४७ कर्मचारी दरबन्दी कायम गरिएको छ । यसैगरी, संवैधानिक आयोगरअदालतरसंघीय संसद्समेत ९ हजार ४ सय १४ दरबन्दी कायम गरिएको छ भने संघ अन्तर्गत रहने निकायहरूको दरबन्दी ३६ हजार ४ सय ४४ राखिएको छ ।