इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प जादा ११ जनाको मृत्यु

Avatar photo
Dhadingpost
साउन १३, २०७५

इण्डोनेशिया, साउन १३ । इण्डोनेशियामा आइतबार बिहान ६ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ । हजारौँ भवन भूकम्पमा परि ध्वस्त भएका छन् भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।