बनेपा, साउन १० । भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बस आज विहान दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । विपी राजमार्ग अन्तर्गत भकुण्डे–बनेपा खण्डमा बिहिबार बिहानै बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । बसमा करिब ४० यात्रु सवार रहेका थिए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
