एजेन्सी, साउन ९ । नेदरल्यान्ड्समा यौनवर्द्धक औषधि भियग्रा गर्भवती महिलामाथि परीक्षण गर्दा ११ शिशुको मृत्यु भएको छ ।
अध्ययनमा सहभागि महिलाहरुलाई भियग्रा दिइएको थियो । यसमा सहभागि महिलाहरुको पाठेघर केही कमजोर थियो । यो औषधिको प्रयोगले गर्भमा रहेका बच्चाहरुको फोक्सोमा असर पुर्याएको अनुमान गरिएको छ । यौ औषधि सेवन गरेपछि रगतको प्रवाह बढ्छ । विशेषज्ञका अनुसार यसबारे थप अध्ययन सुरु भइसकेको छ ।
योभन्दा पहिले यस्तै खाले अध्ययन बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलियामा पनि गरिएको थियो । तर, त्यहाँ कुनै मानवीय क्षति भएको थिएन ।
कमजोर पाठेघर भएकै कारण यो दुर्घटना भएको हुनसक्ने अनुमान छ ।
यो अध्ययनका लागि ९३ महिलालाई भियग्रा दिइएको थियो । तीमध्ये २० महिलाका शिशुमा फोक्सोसम्बन्धि समस्या देखियो । यीमध्ये ११ को मृत्यु भएको हो ।
यसलाई विशेषज्ञहरुले अप्रत्याशित भएको संज्ञा दिएका छन् । लिभरपुल विश्वविद्यालयका प्रोफेसर जर्को अल्फिरेविचले भनेका छन् । यसअघि यस्तो समस्या आएको थिएन, त्यसैले यसको विस्तृत जाँच जरुरी छ ।

