परेवाटारमा युवा संघ र वाइसिएल धादिङले रोपाई गर्ने

Avatar photo
Dhadingpost
साउन ८, २०७५

धादिङ साउन ८ । नेकपा धादिङका दुई संगठनहरु युवा संघ र वाइसिएल धादिङले सिद्धलेक गाउँपालिका ६ स्थित परेवाटारमा धान रोपाई गर्ने भएको छ ।

युवा संघ र वाइसिएलका केन्द्रिय अध्यक्षहरुको उपस्थितमा विहिबार (साउन ९ गते) बृहत धन रोपाई गर्ने भएको हो  ।

कृषकलाई धान रोपाइँमा सहयोग गर्नका लागि जनश्रममा युवा अभियान अन्तरगत परेवाटारमा सामुहिक धान रोपाई कार्यक्रम आयोजना गरिएको वाईसिएल धादिङले जनाएको छ ।