यसरी तातो पानीमा एक चिम्टी हिंग राखेर खादा शरिरलाई हुन्छ फाईदा

Avatar photo
Dhadingpost
साउन ८, २०७५

एजेन्सी, साउन ८ । हिंगलाई एकप्रकारको मसलाको रुपमा प्रयोग गरिन्छ । यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । परम्परागतरुपमा महिनावारीको समयमा हुने पेट दुखाई कम गर्नको लागि हिंगलाई पानीमा मिसाएर पिउने गरिन्छ ।

हिंगले चिसोसँग लड्ने विश्वास गरिन्छ । यसले अस्थमालाई पनि निको बनाउन भूमिका खेल्छ । तर यतिमात्र होइन, पानीमा एकचिम्टी हिंग हालेर पिउँदा अन्य धेरै फाइदाहरु हुन्छन् ।

आयुर्वेदका अनुसारमा तातो पानीमा आधा चिम्टी हिंग हालेर दैनिक पिउनाले यी सात फाइदा हुन्छन्

१. जब हिंगलाई तातो पानीमा उमालिन्छ र सेवन गरिन्छ, यसले पिशाब खुल्छ । जसबाट किड्नी र ब्लाडरलाई सफा गर्दछ । यसले पिशाबमा हुने संक्रमण पनि रोक्छ ।

२. हिंग एन्टी इन्फ्लामेटरी प्रोपर्टीसँग आउँछ । यसले पाचनसँग सम्बन्धित समस्या समाधान गर्नुका साथै एसिडिटीलाई पनि भगाउँछ ।

३. यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सघाउँछ । फलस्वरुप मधुमेहजस्ता रोग नियन्त्रण गर्दछ ।

४. दैनिकरुपमा हिंग पानी पिउनाले हड्डी बलियो हुन्छ ।

५. हिंगमा एन्टीब्याक्टेरियल विशेषता हुन्छ, जसले अस्थमा नियन्त्रण गर्न पनि सघाउँछ ।

६. हिंगमा बेटा केरोटिन नामक तत्व हुन्छ जसले आँखालाई स्वस्थ राख्नुका साथै हाइड्रेड अथवा पानीको मात्रा व्यवस्थापनमा सघाउँछ ।

७. हिंगमा एन्टीअक्सिडेन्ट्स गुण हुन्छ जसले शरीरलाई एनिमियाबाट बचाउनुका साथै दाँतलाई बलियो राख्छ ।