फूटबल स्टार रोनाल्डोले दिए होटल स्टाफलाई २६ लाख रुपैयाँ टिप्स

Avatar photo
Dhadingpost
साउन ८, २०७५

एजेन्सी, साउन ८ । फूटबल स्टार क्रिस्टियानो रोनाल्डो ग्रीसमा आरामको लागि बसेको एउटा होटेलको सेवाबाट अत्यन्तै खुशी भएर कर्मचारीहरुलाई २६ लाख रुपैयाँ बराबरको टिप्स दिएका छन् ।

हालै इटलीको क्लब युभेन्टससँग अनुबन्धीत भएका पोर्चुगली फूटबल स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसको एक होटल स्टाफहरुलाई ठूलो राशीको टिप्स् दिएर अचम्मीत तुल्याईदिएका छन् ।

यसैबीचमा उनी ग्रीसमा आरामको लागि बसेको एउटा होटेलको सेवाबाट अत्यन्तै खुशी भएर त्यस होटलका कर्मचारीहरुलाई होटल छाड्नु अघि करीव २६ लाख रुपैयाँ बराबर टिप्स दिएका हुन् । ति स्टाफहरु अचानक ठूलो रकममा टिप्स् पाउँदा आफैं छक्क परे ।

युभेन्टससँग जोडिए सँगै केहि समय छुट्टि मनाउन चीन पुगेका उनी त्यसपछि ग्रीस पुगेका थिए ।