धादिङबेसी पुलछेउमा पहिरो टारीबेसी सडक खण्ड अवरुद्ध

Avatar photo
Dhadingpost
साउन ८, २०७५

धादिङबेसी साउन ८ । धादिङबेसी पुछारबजारको पुलछेउमा सोमबार साँझ परेको पानीका कारण पहिरो जाँदा टारीबेसी सडक खण्ड अवरुद्ध हुन पुगेको छ ।

सडकभन्दा माथिबाट मंगलबार बिहान ४ बजे खसेको पहिरोले २ वटा चिलाउनेको रुख ढाल्दा दुईवटा विद्युत पोल समेत भाँचिएको छ भने उक्त क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

सडक विभाग, जिल्ला बन कार्यालय, विद्युत प्रधिकणर, वर्डा कार्यालय सबैतिर पहिरोको कारण विद्युत र सडक अवरुद्ध भएको जानकारी गराउदा पनि सडक विद्युत सुचारु हुन नसकेको स्थानियहरुले बताए । विद्युत पोल भाँचिएर नाङ्गो तारले घरमा छोएपनि मानविय क्षेती केहि हुन पाएन अन्य रुख र ढुङ्गाहरु पनि पहिरो सँगै खसि रहेकोले थप जोखिम बढेर गएको देखिन्छ ।

x