इरानका राष्ट्रपति रुहानीले अमेरीकी राष्ट्रपति ट्रम्पलाई चेतावनि

Avatar photo
Dhadingpost
साउन ७, २०७५

एजेन्सी, साउन ७ । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा चेतावनी दिएका छ ।

राष्ट्रपति रुहानीले ट्रम्पलाई भनेका छन्, ‘मिस्टर ट्रम्प तपाई सिंहको पुच्छरसँग नखेल्नुहोस्, किनभने यसबाट मात्र पछुतो मिल्नेछ ।’ उनले इरानप्रतिको ट्रम्प प्रशासनको शत्रुगत नीतिको विरुद्धमा त्यस्तो चेतावनी दिएका हुन् ।

रुहानीको त्यस्तो चेतावनीपश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत रुहानीलाई कडा प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘इरानी राष्ट्रिपति रुहानीका लागि, अमेरिकालाई पुन कहिल्यै धम्की नदिनुहोला । यति तपाईले यस्तो गर्नुभयो भने त्यस्तो परिणाम भोग्नु हुनेछ जुन इतिहासमै कहिल्यै भएको थिएन । अमेरिका अब त्यस्तो देश रहेन जसले तपाईको धम्की सुन्नेछ ।

इरानी अखबार तेहरान टाइम्सको अनुसार रुहानीले इरानी नेताहरुलाई सम्बोधन गर्दै इरानसँगको शान्ति सबै शान्तिको आमा र इरानसँगको दुश्मनी सबै दुश्मनीको आमा भएको अमेरिकालाई राम्रो ज्ञान भएको बताए । उनले आफुले कसैलाई धम्की नदिने तर कसैले आफ्नो देशलाई डराउन धम्काउन नसक्ने बताए ।