आत्मघाती हमलामा मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरी

Avatar photo
Dhadingpost
साउन ७, २०७५

काबुल, साउन ७ । अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्माघाति हमलामा मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको छ ।

घटनाका बारेमा विस्तृत र एकिन विवरण आउन बाँकी रहेकाले मृत्यु हुने र घाइते हुनेहरूको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।

अफगानिस्तानमा पछिल्लो समय फेरी हिंसाका घटनाहरूमा वृद्धि हुँदै गएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्मघाती हमलामा परि २४ जना हताहती भएका छन् ।

घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।