माछामा पाइने प्रोटिन र भिटामिन–डीले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ । तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक पनि हुन सक्छ ।
जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ । जान्नुहोस् कस्ता व्यक्तिका लागि हानिकारक हुन्छ माछा
१. माछा खान नजान्नेका लागि
माछा खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, किनभने माछामा हुने काँडाको कारण कतिपयको ज्यान समेत गइसकेको छ । त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ । तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ ।
२. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि
माछामा प्रशस्त मात्रामा प्रोटिन पनि पाइन्छ । सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ । तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् । माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ ।
३. पेटको समस्या भएकाहरूका लागि
माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो । हुन त, माछाको मासुमा ओमेगा–३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ ।
४. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि
माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ । यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ ।
५. मधुमेह भएकाहरूका लागि
अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ । माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ । तर कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ ।

