चुनावी अभियानमा हिनेका एक उम्मेदवारसहित दुईजनाको मृत्यु

Avatar photo
Dhadingpost
साउन ७, २०७५

काठमाडौं, साउन ७ । पाकिस्तानमा चुनावी अभियानमा हिनेका एक उम्मेदवारसहित दुईजनाको मृत्यु भएको छ ।

गान्दापुरका लागि पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालकको मृत्यु भएको स्थानीय एक प्रहरी अधिकारी मन्जुर अफ्रिदीले जानकारी दिएका छन्।

प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ । आइतबार भएको घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

आक्रमणकारीले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गरी आत्मघाती बम हमला गरेको अफ्रिदीले जानकारी दिए ।