धादिङको रि लतावमा कुटपिटबाट दुईको मृत्यू

Avatar photo
Dhadingpost
साउन ६, २०७५

धादिङ श्रावण ६ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका अन्तरगत साविकको रि गाविस वर्डा नं. ६ लतावमा कुटपिटबाट शनिबार दुई जनाको ज्यान गएको छ ।

गाउँमा झाँकीको काम गर्ने गरेका ५२ वर्षिय नरुङ तामाङ (नर्वङ) र ६४ वर्षिय पुरुङ माइला भनेर चिनिने प्लेक तामाङलाई बोक्सीको आरोपमा स्थानिय गाउँलेहरुले कुटेर मारेको प्रहरीले जनाएको छ ।

तामाङहरुको संस्कार अनुरुप छिमेकीको ४९ औं दिनको घेवामा जम्मा भएका गाउँलेहरुले वस्तुभाउ र मान्छेलाई समेत भेद गरि बोक्सी लाग्ने गरेको भन्दै ती दुईलाई पिटेर मारेको स्थानियहरुले बताएका छन् यो घटना गम्भीर प्रक्रितिको रहेकोले हामी अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बर विश्वकर्माले बताए ।

कुटपिटबाट मारिएका ति दुई जनाको सव प्रहरी पुग्नु अगावै गाउँलेहरुले नै जलाई सकेकोले समेत एसपी विश्वकर्माले बताए ।