डोल्पामा आफैँले चलाएको गोली लागेर सैनिक घाइते

Avatar photo
Dhadingpost
साउन ४, २०७५

डोल्पा, साउन ४ । डोल्पामा बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्द असावधानीवश आफूले बोकेको बन्दुक पड्किएर घाइते भएको छ ।

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत काठमाडौँ लगिएको छ ।

चन्द शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत हुन् ।

आफैँले हानेको गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डा अनुप मंगल समालले जानकारी दिए ।

डा . अनुपले एक्सिडेण्टल बुलेट केस (बन्दूकबाट भएको दूर्घटना)ं भएकाले बिरामीले बोल्न नसक्ने र उनको उपचार डोल्पामा हुन नसक्ने भएपछि काठमाडौँ लैजान सल्लाह दिएको बताए । ‘अवस्था गम्भीर छ, तर काठमाडौं उपचार हुन्छ, बिरामीको होस् गुमेको भने छैन’, उनले भने ।

ड्यूटीमा रहेका जवानले एकैपटक गोली चलाएर हतियार पड्केको आवाज आएपछि मात्र अरुले थाहा पाएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारका लागि प्रदेश केन्द्रबाट हेलिकोप्टरको व्यवस्था गरी सुर्खेत काठमाडौँ लगिएको छ ।

घटना कसरी घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेकाले घटनाका बारेमा तथ्य कुरा भन्न नसकिने ईश्वरीबक्स गुल्मका गुल्मपति जेनिथ जवेगुले जानकारी दिए ।