कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ

Avatar photo
Dhadingpost
साउन ३, २०७५

पोखरा, साउन ३ । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेको छ ।

पोखरा विमानस्थल निरीक्षण र पोखरा विश्वविद्यालयको १५ औं साधारणसभामा भाग लिन आएका प्रधानमन्त्री ओलीलाई विभिन्न ठाउँमा कालोझण्डा देखाउने नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टीका विद्यार्थीहरु पक्राउ परेका हुन् ।