सौन्दर्यका लागि गुलाब जल बनाउने घरेलु उपाय

Avatar photo
Dhadingpost
साउन ३, २०७५

काठमाडौ, साउन ३ । खासगरी सौन्दर्य बढाउनका लागि गुलाब निकै उपयोगी सावित भइसकेको छ । गुलाबको जल बनाएर अनुहार तथा केसमा प्रयोग गर्न सकिन्छ । यसले छालाको पीएचको स्तर पनि ठीक राख्छ । छालालाई सफा गर्नका लागि गुलाब जल उपयोगी हुन्छ ।

कसरी बनाउने गुलाब जल गुलाब जल बजारमा सजिलै पाइन्छ । गुलाब जल बनाउनका लागि तीन चिज आवश्यक हुन्छ, गुलाबको फूल, पानी र बरफ ।

– २ सानो कचौरामा पानीमा करिब १५ पत्र गुलाबको फूल राख्ने । कचौरालाई आगो माथि राख्ने । उक्त कचौरामाथि अर्को कचौरा राख्ने, जहाँ पहिलो कचौराबाट उडेको बाफ उडेर ठोक्किन्छ । त्यस कचौरामाथि बरफको टुक्रा राखिदिने ।

– यसरी बाफ जब अर्को कचौरामा ठोक्किएर पानी बन्छ । त्यही नै गुलाब जल हो । यो एकदमै प्राकृतिक ढंगबाट तयार गरिएकाले नराम्रो असर गर्दैन ।

– नरिवलको तेलमा केहि गुलाब जल मिसाएर केसमा लगाउनु पर्छ । केस नरम, मुलायम र चम्किलो देखिन्छ ।

– कुनैपनि घाउमा गुलाब जल लगाउनु पर्छ , यसले राम्रो औषधीको काम गर्छ ।