महोत्तरीमा महिलाको हत्या

Avatar photo
Dhadingpost
साउन ३, २०७५

महोत्तरी, साउन ३ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ ३० वर्षीया रीता देविको हत्या भएको छ ।

स्थानीय छिमेकीसँग प्रहरीले सोधपुछ गर्दा रीता देवीकी सासू मन्तोरिया देवी र नन्द शान्तिदेवीसँग उनको ठूलो झगडा परेको तथा सासू र नन्दले रीतालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । तर स्थानीयले रीता कसरी घरमा झुण्डिइन् वा झुण्डयाइएको हो र उनको मृत्यु कुटपिटबाट भएको वा अन्य कुनै कारणबाट भएको भन्नेबारे जानकारी नरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।