कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारे

Avatar photo
Dhadingpost
साउन २, २०७५

काठमाडौं, साउन २ । बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरिनेछ । पार्टी मुख्यालय सानेपामा मंगलबार बिहान पार्टीका भातृ तथा शुुभेच्छुक संस्थाका प्रमुुखहरूसंगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जस अनुुसार साउन ३ गते संसद अबरुद्ध गर्ने र सोही दिन सडकमा बिरोध प्रदर्शन गरिनेछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिबेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा बिधेयक हुुबहुु पारित गर्नुपर्ने भन्दै सांसदहरूले बिरोध गर्ने कार्यक्रम रहेको छ । सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रबादी प्राध्यापक संघको अगुवाईमा माइतीघर मण्डलाबाट शुरु हुने बिरोध प्रदर्शन नया“ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुुगेर कोणसभा गरिनेछ ।

बिरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुुभेच्छुक संस्थाका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा जानु परेको बताए ।