गोरखा, साउन २ । गोरखाकोे शहीद लखन गाउँपालिकामा मंगलबार पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।
शहिद लखन गाउँपालिका वडा नम्बर ६, अँधेरीमा रहेको नवराज कुँवरको घर पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताए ।
