‘१२ मासे’ को ट्रेलर सार्वजनिक, अनमोल र प्रदीपको चर्चा

Avatar photo
Dhadingpost
साउन २, २०७५

काठकमाडौ, साउन २ । अभिनेता जयकिशन बस्नेतको भदौ १ गतेलाई प्रदर्शन गरेको चलचित्र ‘१२ मासे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

नक्कली प्रचण्ड भनेर चिनिने फिल्मका लेखक तथा निर्माता प्रदीप पाठकले ‘१२ मासे’ ले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् । फिल्ममा जयकिशनका अलावा पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोलालगायतको अभिनय रहेको छ ।

यसका चलचित्र निर्देशक लय संग्रौला हुन् । चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको ‘१२ मासे’ लाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रको ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यस चलचित्रमा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ ।

ट्रेलरमा अनमोल केसी र प्रदीप खड्काको पनि चर्चा गरिएको छ । दुई युवतीको बीचमा बसेर अभिनेता बस्नेत भन्छन्, ‘अब तिमीहरु प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेत भनेर पछि लाग्छौं । तर तिनीहरुले तिमीहरुलाई भाऊ नै दिँदैन ।’