नयाँ शक्तिले माग्यो ओलीको राजीनामा

Avatar photo
Dhadingpost
साउन १, २०७५

काठमाडौं श्रावण १ । काठमाडौं स्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै नयाँ शक्तिले प्रधानमन्त्री ओलीको राजिनामा मागेको छ ।
डा. गोविन्द केसीको अनशनमा समर्थन जनाउँदै माइतीघर मण्डलामा प्रदर्शन गर्दै नयाँ शक्तिले प्रधानमन्त्री ओलीको राजिनामा मागे गरेको हो ।

चिकित्सा शिक्षा क्षेत्रका बेथितिविरुद्ध अनशनरत त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीको पक्षमा नेविसंघ, नयाँशक्ति पार्टी र केसी समर्थक डाक्टरले माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले लखेटी–लखेटी कुटेको थियो ।

गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नयाँशक्ति पार्टीकी नेतृ हिसीला यमी र बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई उपस्थित थिए । आन्दोलनकारीले ‘अधिकारका लागि लड्छु भन्ने नागरिककै अधिकार खोस्ने, जोकतन्त्र कि लोकतन्त्र ? ‘मसीले लेखेको सम्झौता मार्सीले मेटाउन पाइँदैन’ लगायत नारा लेखेका ‘प्ले कार्ड’ बोकेका थिए ।