प्युठान, असार ३२ । गौमुखी गाउँपालिका ७ नारिकोटमा आइतवार साझ जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा परी गौमुखी ५ बस्ने २२ बर्षिया संझना थापा मगर र २ बर्षिया पृयकाँ थापा मगर घाईते भएको प्रहरीले बताएको हो । अन्य ५ जना सामान्य घाईते स्थानिय स्वास्थ्य चौकिमा उपचार पछि घर फर्किएका छन् ।
बाग्दुलाबाट नारिकोट तर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जीप दुर्घटना हुँदा गौमुखी–५ कि ५५ वर्षीय कन्यादेवी थापा मगरको मृत्यु भएको हो।
जिपमा ८ जना यात्रु सवार थिए। रोकिराखेको जीप एक्कासी व्याक भएपछि दुर्घटना भएको बताइएको छ ।
