काठमाडौं, असार ३१ । काठमाडौं उपत्याकामा साना हतियार सप्लाई गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछापको लिखु स्थायी घर भएका कृष्ण बहादुर जोशी, रामेछापको दोरम्बाका आशुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेल रहेका छन् ।
‘साना हतियार सप्लाई गर्ने गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको हो’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) मोहन थापाले भने, ‘अभियुक्तहरुको साथबाट एकथान जर्मन मेड पेस्तोल बरामद गरेका छौं ।’
लामो समयदेखी हतियार सप्लाई गर्दै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई ललितपुरको नखिपोटबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साबाट मेड ईन जर्मन लेखिएको ‘७९१७–१९९२ वाई’ नम्बरको एकथान पेस्तोल, दुईथान म्यागजिन र ५ राउण्ड गोली बरामद गरेको छ ।
उक्त समूहलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाउने तयारी भईरहेको डीएसपी थापाले बताए ।
